हात्ती बेच्नु पर्ने बाध्यतामा सौराहाका ब्यवसायी

हात्ती बेच्नु पर्ने बाध्यतामा सौराहाका ब्यवसायी

चितवन,३१  भदौ ।

कोरोना भाइरस संक्रमणका कारण सौराहाका ब्यवसायिहरुले हात्ती बेच्न र भाडाका हात्ती फिर्ता गर्न सुरु गरेका छन । आम्दानी नहुने तर खर्च मात्र हुने भएपछी हात्ती बेच्न सुरु भएको ब्यवसायिहरुले बताएका छन । एउटा हात्तिलाइ मासिक खर्च १ लाख लाग्छ । तर अहिले कोरोनाक कारण पर्यटन ब्यवसाय ठप्प भए पछि आम्दानी शुन्य छ ।

आम्दानीको श्रोत नभएर हात्ती पाल्न मुश्किल भएपछि व्यवसायीहरुले हात्ती बेच्न सुरु गरेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले बताए । उनका अनुसार अहिले सम्म तीन वटा हात्ती बिक्री भइसकेको छ । सौराहामा भाडामा ल्याएका पाँच वटा हात्ती छन । त्यस मध्य २ वटा हात्ती फिर्ता गरिसकेको छ भने ३ वटा फिर्ताको प्रक्रियामा रहेको सहकारिका अध्यक्ष तिवारिले जानकारी दिए । यहाँका थप १० वटा हात्ती बिदेशी संस्थालाइ भाडामा दिइएको छ । सौराहामै रहेको एक संस्थाले भाडामा हात्ती लिएको हो । ती हात्तिहरु सफारिका लागि प्रयोग गरिदैन ।

सौराहामा निजी स्तरमा ६७ वटा हात्ती सञ्चालनमा छन । तर युनाइटेड हात्ती संचालन सहकारिमा भने ५५ वटा मात्र आवद्ध छन् । एउटा हात्तिबाट खर्च कटाएर सामान्यतया मासिक ६० हजार रुपैयाँ आम्दानी हुन्छ । हात्तिलाई दैनिक २० किलो धान,१८० मुठा पराल, २५० लिटर पानी,घाँस,पिपल,भेली,नुन आवश्यक पर्छ भने माउतेलाइ मासिक १५ हजार सम्म तलब दिइदै आएको सहकारिका अध्यक्ष तिवारिले बताए ।

हात्ती सफारी वापत नेपालिलाई प्रतिब्यक्ती १ हजार २ सय,सार्क रास्ट्रका पर्यटकलाइ प्रतिब्यक्ती १ हजार ७५० र बिदेशी पर्यटकलाइ प्रतिब्यक्ती २ हजार २५० रुपैयाँ लिने गरिएको छ । हात्ती सफारी भएको बेला एउटा हात्तिले दिनमा तीन टिप गर्छ ।
सौराहा सफारी पर्यटनकोे हिसावले विश्वमै परिचित छ । हात्ती चढेर निकुञ्ज घुम्नकै लागि देश विदेशबाट यहाँ पर्यटक आउने गरेका छन ।