‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने व्यक्ति पक्राउ

‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने व्यक्ति पक्राउ

काठमाडौं, ३० असोज ।

‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा प्रहरीले एक जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका नविन बस्नेत छन् ।

उनलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौंतर्फ ल्याइएको प्रहरीको साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले  बताए ।

बढ्दो बलात्कारका घटनाविरूद्ध स्वतन्त्र महिलाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए। उनीहरूले ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर सांकेतिक विरोध गरेका थिए।

सो प्रदर्शनले सामजिक सञ्चालमा चर्चासमेत पाएको थियो। ग्रुपमा अश्लिल विषयहरु लेखिएका थिए । यस विषय सामाजिक सञ्जालमा सर्वत्र चासो व्यक्ति भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि निर्देशन दिएको थियो ।

बस्नेतले विगतमा पनि विभिन्न विशिष्ट व्यक्तिको हत्या गर्ने भन्दै स्टाटस लेख्ने गरेको पाइएको छ । उनले बलात्कार सम्बन्धी ग्रुप किन खोले भन्ने खुलिसकेको छैन ।

अनलाइनखबरबाट साभार