मापदण्ड बिपरित संचालित चितवनमा पाँच वटा पसललाइ सांढे २ लाख जरिवाना

मापदण्ड बिपरित संचालित चितवनमा पाँच वटा पसललाइ सांढे २ लाख जरिवाना

ध्रुवराज खनाल ,

चितवन, ३०  असोज  ।

मापदण्डलाई लत्याएर ब्यवसाय गर्ने चितवनका ५ वटा ब्यवसायिक फर्मलाइ कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार गरेको अनुगमनका क्रममा मापदण्ड बिपरित संचालित भरतपुरका ५ वटा पसललाइ जरिवाना तिराइ कारवाही गरेको हो । जिल्ला प्रशासन कार्यालयमा केही दिन अघि बसेको सर्बपक्षिय बैठकले मापदण्ड बिपरित संचालनमा रहने ब्यवसायिक फर्मलाइ स्पटमै कारबाही गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार शुक्रबार अनुगमनका क्रममा मापदण्ड बिपरित संचालित ५ वटा पसललाइ जरिवाना गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए । शर्माका अनुसार भरतपुरका निर्मला स्टोर,सुनिता खाद्य उद्योग ,शुलभ खाद्य भण्डार ,शुभम फ्रुट ट्रेडर्स र जय श्री बालाजी ट्रेडर्सलाई ५०/५० हजारका दरले जरिवाना गरिएको हो । शुभम खाद्य भन्डार र बालाजी ट्रेडर्सले लेवल नराखी सामान बिक्रि गरेको र अन्य ती वटा पसलले मुल्य सुचि नराखेको अनुगमनका क्रममा पाइएको थियो । जरिवाना तोकिएका ती पसलहरुलाइ सात दिन भित्र जरिवाना रकम बैंक दाखिल गरी भौचर पेश गर्न र तत्काल सुधार गर्न निर्देशन दिइएको र त्यस पछि पनि सुधार नगरे पसल बन्द गरिने सहायक प्रजिअ शर्माले बताए ।