उदयपुरको क्रसर उद्योगमा बम विस्फोट, ३ जना पक्राउ

उदयपुर, १ पुष ।

उदयपुरको एक क्रसर उद्योगमा बम बिस्फोट गराएको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार सोमबार राति त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटार रहेको सुमन्त कोइरालाको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराइएको थियो । राति आएका अपरिचित ६ जनाले सुरक्षा गार्डलाई नियन्त्रणमा लिइ बम विस्फोट गराएको थिए ।

बम विस्फोटपछि जिल्ला प्रहरी कार्यलय, इलाका प्रहरी बेल्टार र सशस्त्र प्रहरी बेसक्याम्प बेल्टारको टोलीले आसपासका बस्ती तथा जंगलमा विस्फोट गराउने समूहको खोजी गरेको थियो । सोही क्रममा विस्फोटमा संलग्नको आशंकामा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जङ्गल आसपास बम विस्फोट गराउनेको व्यापक खोजी गर्ने क्रममा तीन जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्बरबहादुर मगर र १८ वर्षीय दीपक क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।