पछिल्लो २४ घण्टामा ७३६ जना कोरोना संक्रमित थपिए, १३ जनाको मृत्यु

काठमाडौं,१ पुष।

पछिल्लो २४ घण्टामा नेपालमा ७३६ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार मात्र कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय ४३ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ७५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८४७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ । यस्तै हालसम्म ४५२ जना क्वारेन्टिनमा रहेका छन् ।