हल्लाको पछि नलाग्न वडाध्यक्षको आग्रह,काम अनुसार मात्रै भुक्तान भएको स्पष्टोक्ती

हल्लाको पछि नलाग्न वडाध्यक्षको आग्रह,काम अनुसार मात्रै भुक्तान भएको स्पष्टोक्ती

फागुन ४ गते । राप्ती वडा नम्वर ४ ले वडा कार्यालय भवन निर्माणका बारे सामाजिक सञ्जालमा आएका विषयको पछि नलाग्न आग्रह गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा वडा कार्यालय निर्माणका क्रममा विनियोजित रकम सवै खर्च नभएको भन्दै वडा कार्यालय र वडाध्यक्षप्रति प्रश्न उठाईएको थियो । अतिरञ्जित तरिकाबाट सामाजिक सञ्जालमा भ्रम छर्ने काम भएको भन्दै राप्ती ४ का वडाध्यक्ष शमसेर लामाले वास्तविकता वुझ्न कार्यालयमा आउन आग्रह समेत गरेका छन् । साथै वडाध्यक्ष लामाले भवन निर्माण सम्पन्न पश्चात सवै हिसाव सार्वजनिक गर्ने पनि वताएका छन् । निर्माणाधिन भवनका लागि ठुलो रकम नलाग्ने भन्दै स्थानीय केदार आचार्यले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गरेका थिए । चार कोठे भवन वनाउन ९४ लाख रुपैया खर्च हुनै नसक्ने भन्दै आचार्यले चासो देखाएका थिए । सार्वजनिक विषयमा जनताले चासो देखाउन पाउने अधिकार रहेको भन्दै वडा अध्यक्ष लामाले वास्तविकता सत्यतथ्य र वास्तविकता वुझ्न आग्रह गरेका छन् । निर्माणाधिन वडा कार्यालयको भवन सामान्य घरको तुलनामा फरक रहेको उनको दावी छ । जमिनको सतहमुनीको भाग डिपिसी सम्म ल्याउन खर्च हुनु,वडा कार्यालय पछाडीको भाग पर्खाल लगाउनु,१८÷१८ को पिल्लर हाल्दा खर्च वढि लागेको वडाध्यक्ष लामाले प्रष्ट पारेका छन् । तीन पटकको विनियोजित वजेटले अहिले वडा कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । तीनै पटक विनियोजित वजेटमा खर्च भएको रकम सवै निर्माण सम्पन्न भएपछि सार्वजनिक गरिने वडाध्यक्ष लामाले वताए । आर्थिक हिनामिना हुन सक्ने भन्दै सामाजिक सञ्जालमा विषय उठेपनि उपभोक्ता समिति मार्फत काम भएकाले सवै प्रष्ट रहेको समेत उनको दावी छ । भवनका लागि पहिलो वर्ष ४० लाख र दोश्रो वर्ष ३२ लाख विनियोजन भएपनि कामको मुल्यांकनमा आधार मात्र भुक्तानी भएको जनाईएको छ । वडाध्यक्ष लामाका अनुसार ति वजेट सवै खर्च भएको छैन् । चालु आर्थिक वर्षमा वडालेनै २२ लाख रुपैया विनियोजन भई काम भईरहेको छ ।