कोरोना भाइसःअमेरिकाको स्थिति भयावह बन्दै, रेष्टुरेण्ट, बार, सिनेमाघर र नाइटक्लब बन्द

कोरोना भाइसःअमेरिकाको स्थिति भयावह बन्दै, रेष्टुरेण्ट, बार, सिनेमाघर र नाइटक्लब बन्द

एजेन्सी,३ चैत ।

अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म ६९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितहरुको संख्या ३७८२ पुगेको छ । स्थिति थप भयावह बन्दै गएपछि अमेरिकी सरकारले स्थिति नियन्त्रणमा लिन एकपछि अर्को निर्णय लिइरुाखेको छ ।

अमेरिकी सरकारले गरेको पछिल्लो निर्णय अनुसार मंगलबारदेखि न्युयोर्कका कैयन रेष्टुरेण्ट र बारहरु बन्द हुने भएका छन् । न्युयोर्कका मेयर बिल ब्लाजिओले यसबारे जानकारी गराउँदै आदेशमा हस्ताक्षर गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

मिडिया रिपोर्टका अनुसार मंगलबार बिहान ९ बजेदेखि न्युयोर्कका टेकआउट र डेलिभरीबाहेकका रेष्टुरेण्ट र बारहरु बन्द हुनेछन् ।

कोरोना भाइरस तीब्र रुपमा फैलिएपछि सिनेमाघर, कन्सर्टस्थल, नाइटक्लब, थियटरहरु पूर्णरुपमा बन्द गुर्नपरेको उनले बताएका छन् ।

उनले कोरोना भाइरस नियन्त्रणमा आउन ठुलो निर्णय हलुका रुपमा नगरेको बरु न्युयोर्कले कोरोना भाइरसको कारण भोग्नुपरेको अवस्थाले बन्द गर्नुपरेको उनले बताएका छन् ।