पोर्चुगलमा एक नेपालीमा देखियो कोरोनाको संक्रमण

पोर्चुगलमा एक नेपालीमा देखियो कोरोनाको संक्रमण

काठमाडौँ,३ चैत ।

कोरोनाको सङ्क्रमणका कारण विश्वभर हालसम्म एक लाख ५९ हजार ८४४ जना सङ्क्रमित भइसकेका छन् । भन ५ हजार ५०० जनाको मृत्यु भइसकेको छ । चीनबाट फैलन शुरु गरेको कोरोनाले अहिले विश्व नै त्रसित बनेको छ ।

नेपालमा हालसम्म कोरोनाका सङ्क्रमित नभेटिएपनि यसले धेरै मानिस त्रसित बनेका छन् । यसैक्रममा पोर्चुगलमा काम गर्ने एक नेपाली पनि कोरोनाको संक्रमण भएको छ । पोर्चुगल फारोको ग्रामीण क्षेत्रमा काम गर्ने एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोना संक्रमित कृषि मजदुर नेपाली नागरिक भएको बताइएको छ भने उनको नाम, उमेर गोप्य राखिएको छ । पोर्चुगलमा पनि हालसम्म २ सय ४५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।