भण्डारी हत्या प्रकरणः कान्छी आमासँगको विवादपछि बुवा -आमाकै हत्या

भण्डारी हत्या प्रकरणः कान्छी आमासँगको विवादपछि बुवा -आमाकै हत्या

कञ्चनपुर,३ चैत

शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित कटान टोलका भण्डारी दम्पती हत्यामा उनकै छोराको संलग्‍नता रहेको भन्दै प्रहरीले छोरालाई प्रक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलन गरी प्रहरीले भण्डारीका जेठा छोरा २६ वर्षे भरतबहादुरलाई सार्वजनिक गरेको हो। गत फागुन १५ गते ५२ वर्षीय जयलाल भण्डारी र उनकी २२ वर्षीय पत्नी धनादेवीको घरभित्रै धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो।

प्रक्राउ परेका भण्डारीले आफूले मादक पदार्थ सेवन गरी बुवाआमाकै हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्। पक्राउ परेका भण्डारी जयलालका जेठीपट्टिका श्रीमतीका जेठा छोरा हुन्। उनले अंशवण्डा, सम्पत्ति भोगचलन, पारिवारिक झगडाका कारण बुवाआमाकै हत्या गरेको बयान दिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक ९डिएसपी० रवीन्द्रनाथ पौडेलले पत्रकार सम्मेलनमार्फत जानकारी दिए। भरत गत फागुन १३ गते सवारी चालक अनुमति पत्रको परीक्षा दिन महेन्द्रनगर ९भीमदत्तनगर० आएका थिए। परीक्षामा अनुर्तीण भएपछि उनी फागुन १४ गते आफन्तसँग भेटघाट गरी डडेलधुरा फर्कन भनी कैलालीको गोदावरी पुगेका थिए।

राति करिब साढे ८ बजे उनी कलुवापुरस्थित घर पुगेका थिए। सोही रात उनले परिवारसँग झगडा गरेका प्रहरीसँगको बयानमा भरतले बताएका छन्। वादविवादपछि धना भान्साकोठा गएकी थिइन्। सोही मौका छोपी भरतले आफूले सौतेनी आमा धनालाई लोहोरोले हानी अचेत बनाएर हँसिया प्रहार गरी हत्या गरेका प्रहरीसँगको बयानका क्रममा भनेका छन्। त्यसलगत्तै भरत बुवा (जयलाल) सुतेको कोठामा पुगेका र सोही हतियार प्रयोग गरी बुवाको हत्या गरेको बयानलाई उद्धत गर्दै प्रहरीले जनाएको छ।

हत्यापछि भरत डडेल्धुरातर्फ लागेका थिए। भरतले हत्याका क्रममा प्रयोग गरेका हतियार र पञ्जा भासुभीरबाट तल खसालेको र घटनाक्रममा भरतले लगाएका लुगा डडेल्धुरास्थित घरबाट प्रहरीले फेला पारेको बताएको छ। हत्या भएको स्थानमा फेला परेको ‘हेडफोन’ भरतकै भएको पुष्टि भएपछि यसको रहस्य खुलेको प्रहरीले जानकारी दिएको छ। भरतकी आमा स्तन क्यान्सरका कारण निधन भएको र जयलालले दोस्रो विवाह गरेपछि भरत र धनाबीच सधैं विवाद हुने गरेको स्थानीयले बताएका छन्।

पारिवारिक कलह बढ्न थालेपछि भरत केही वर्षदेखि डडेल्धुराको अमरगढी नगरपालिका(२ जुगेनास्थित पुर्ख्यौली घरमा बस्दै आएका। थिए। प्रहरीले भरतलाई चैत २ गते पुर्ख्यौली घर डडेलधुराबाट पक्राउ गरेको हो। हत्या भएका भण्डारी दम्पतीका सात महिनाकी एक छोरी छन्। स्वास्थ्यमा समस्या आएपछि उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा राखिएको छ।