बुढानिलकण्ठमा एक जनामा आरडिटी पोजेटिभ

बुढानिलकण्ठमा एक जनामा आरडिटी पोजेटिभ

काठमाडौं,४ बैशाख

बुढानिलकण्ठ ३१ वर्षीय महिलामा कोरोना संक्रमणको र्‍यापिड टेष्ट (आरडिटी)  पोजेटिभ दखिएको छ। बुधबार बुढानिलकण्ठ नगरपालिकामा  गरिएको कोरोना संक्रमणको र्‍यापिड टेष्ट (आरडिटी)मा  पोजेटिभ दखिएको हो ।

विदेशबाट आएकाहरुको र्‍यापिड डाईगोनिष्ट टेष्ट गर्ने क्रममा ३१ वर्षीय महिलामा आरडिटी परीक्षण पोजेटिभ देखिएको हो। बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले भने, ‘हिजै सम्पूर्ण प्रक्रिया पुर्‍याएर पिसिआर परीक्षणको लागि पठाएका छौं।’

उक्त महिला चैतको पहिलो हप्ता इट्लीबाट नेपाल आएक थिइन्। २२ दिन क्वारेन्टाइनमा बसेपछि आफन्तसँग भेटघाट गरेको जानकारी प्राप्त भएको खरेलले बताए। मेयर खरेलले भने, ‘र्‍यापिड परीक्षण गर्दा पोजेटिभ आएपछि अहिले पिसिआरलाई परीक्षण गर्न पठाएका छौं। नतिजा आउन बाँकी छ।’

महिलाको सम्पर्कमा आएका व्यक्तिहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको मेयर खरेलले बताए। उनले भने, ‘चिकित्सक, सहयोगी, आफन्त लगायतलाई क्वारेन्टाइनमा राखेका छौं।’