पाल्पामा रुखले च्यापेर एकजनाको मृत्यु

पाल्पामा रुखले च्यापेर एकजनाको मृत्यु

तानसेन,४ वैशाख

पाल्पामा रुखले च्यापेर एकजनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका १ कचल ठुली उदानका ३४ वर्षीय ओमबहादुर घर्तीको रुखले च्यापेर मृत्यु भएको प्रहरीले जनाएको छ।

रुख काट्ने क्रममा रुखले च्यापेर घर्तीको मृत्यु भएको हो। घर नजिकै रहेको ठूली उदान मसिना सामुदायिक जंगलमा रुख काटिरहेको अवस्थामा रुख ढलेर घर्तीलाई लागेको थियो।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।