कालोबजारी आरोपमा पक्राउ परेका अग्रवाल धरौटीमा रिहा हुँदै

कालोबजारी आरोपमा पक्राउ परेका अग्रवाल  धरौटीमा रिहा हुँदै

काठमाडौं, ४ बैशाख ।

शंकर ग्रुपका मालिक सुलभ अग्रवाल ज्वरो नाप्ने यन्त्र (थर्मल गन) कालोबजारी गरेको अभियोगमा पक्राउ परेका आज रिहा हुने भएका छन् । स्रोतकाअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई धरौटीमा रिहा गर्न लागेको छ । हिजो (बुधबार) सरकारी वकिलको कार्यालयले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मुद्दा दर्ता गराएको थियो । उक्त मुद्दामा सुनुवाई हुँदै उनलाई धरौटीमा रिहा गर्ने तयारी भैरहेको उच्च स्रोतले जनाएको छ ।

यसअघि उनलाई, जिल्ला प्रशासन कार्यालय काठमाडौंले व्यापारी अग्रवाललाई यही मंगलबार पूनः पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उनी गत चैत २५ गते पक्राउ परेका थिए । पहिलो पटक सात दिन हिरातसमा राख्न दिएको म्याद मंगलबार सकिएको थियो । र, प्रहरीले पुनः म्याद थपका लागि मंगलबार नै आग्रह गरेको थियो । र, प्रशासनले ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । ५ दिन म्याद थप भएको आज दोस्रो दिन हो ।