चितवनमा लकडाउनमा कडाई , अनुमती पाएका सवारीसाधनले मात्रै इन्धन पाउने

चितवनमा लकडाउनमा कडाई , अनुमती पाएका सवारीसाधनले मात्रै इन्धन पाउने

चितवन , ४ बैशाख। 
चितवनमा प्रशासनले लकडाउनलाई कडाई गर्ने भएको छ । आज बसेको जिल्ला सुरक्षा समितीको बैठकले जिल्लामा लकडाउनलाई थप कडा पार्ने निर्णय गरेको हो ।

चितवनमा अब बिहान १० बजेदेखी ४ बजेसम्म मात्रै खाद्यान्न , तरकारी , डेरी , पशुपंक्षीको दाना बिक्री गर्ने लगायतको पसल खुल्न पाउने छन् । त्यस्तै एम्बुलेन्स , शव बहान , दमकल , खाद्यान्न ढुवाडी , सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सवारीसाधनमात्रै संचालन हुन पाउने छन् । स्वास्थ्यकर्मीले अनिर्वाय रुपमा परिचयपत्र देखाउनुपर्ने र घरबाट आफू कार्यरत स्वास्थ्य संस्था जाने आउने रुटमा मात्रै डिउटी रोस्टरको साथमा सावरीसाधन प्रयोग गर्न पाउनेछन् ।

त्यस्तै संचालन हुन पाउने अनुमति पाएका सावरीसाधन बाहेक अन्यलाई पेट्रोल पम्पमा इन्धन समेत नदिइने जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए । लकडाउन उलंघन गर्नेलाई हदैसम्मको कारबाही गरिने शर्माले बताए ।