खैरहनीमा सवैको र्यापिट टेष्ट नेगेटिभ

खैरहनीमा सवैको र्यापिट टेष्ट नेगेटिभ

वैशाख ४ गते । विदेशबाट आई होम क्वारेनटाईनमा वसेका खैरहनी नगर भित्रका सवैको र्यापिट डाईग्नोष्टिक टेष्ट (आरडिटी ) रिपोर्ट नेगेटिभ आएको छ । चैत महिनामा विदेशबाट आएका ८० जनामा यो परिक्षण गरिएको थियो । उनीहरु सवैको रेयापिट टेष्ट नेगेटिभ आएको खैरहनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले वताए । टोल विकास संस्था हुदै वडाबाट सुरुमा ५२ जनाको मात्र तथ्यांक आएको थियो । तर धेरैको नाम छुटेको हुँदा परिक्षण गर्नेहरुको संख्या वढेको अधिकारीले वताए । चैत महिनामा विदेशबाट आएकाहरु अझै केही छुटेका छन् । खैरहनी नगरपालिकालाई ८० थान मात्र किट प्राप्त भएको थियो । किट अभाव हुँदा छुटेकाहरुको र्यापिट टेष्ट हुन वाँकी रहेको छ । खैरहनीमा मंगलवार,बुधवार र विहीवार गरि तीन दिन र्यापिट टेष्ट गरिएको थियो । तथ्यांकमा रहेकाहरु सवैले १८ दिन होम क्वारेनटाईनमा विताएको स्वास्थ्य शाखा उपप्रमुख रुद्र शर्माले वताए ।