चितवनमा अनुमतिबिना कर्मचारीले समेत सवारीसाधन चलाउन नपाउने

चितवनमा अनुमतिबिना कर्मचारीले समेत सवारीसाधन चलाउन नपाउने

चितवन , ४ बैशाख।
चितवनमा लकडाउनमा कडाइ गरेसँगै अनुमतिबिना कसैले पनि सवारीसाधन चलाउन नपाउने भएका छन् । जिल्लामा आज बसको सुरक्षा समितीको बैठकले अनुमती पाएका बाहेक कोहि पनि हिड्न नपाउने प्रष्ट पारेको छ ।

जिल्ला प्रशासनको सूचना अनुसार अब बैक तथा अन्य कुनैपनि कार्यालयका कर्मचारी , स्थानिय तहका कर्मचारी जो कोहि भएपनि पासविना सवारीसाधन संचालन गर्न नपाउने भएका छन् ।  एम्बुलेन्स , शव बहान , दमकल , खाद्यान्न , दुध ढुवाडी , सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सवारीसाधनमात्रै संचालन हुन पाउने छन् ।

विहिबार रातीबाट लागुहुने गरेर पास विना कुनैपनि किसिमको सवारी साधन संचालन गर्न नपाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए । बैक , वित्तिय संस्था , स्थानिय तहका कर्मचारी सबैलाई पास अनिवार्य गरिएको उनले बताए ।