नेकपा खैरहनी कमिटिद्धारा एक लाख सहयोग

नेकपा खैरहनी कमिटिद्धारा एक लाख सहयोग

वैशाख ४ गते । नेकपा खैरहनी नगर कमिटिले कोरोना सक्रमण नियन्त्रण तथा राहत वितरणका लागि १ लाख रुपैया सहयोग गरेको छ । खैरनी नगरपालिकाले स्थापना गरेको विपद राहत व्यवस्थापन कोषमा नगर कमिटिले विहीवार १ लाख १ हजार पाँच रुपैया सहयोग गरेको हो । नगर कमिटि अध्यक्ष लक्ष्मी ढकालले नगर प्रमुख लालमणी चौधरीलाई नगद रकम हस्तान्तरण गरेकी थिईन् । नगर कमिटि अध्यक्ष ढकालसहित नगर इन्चार्ज हिरावहादुर गुरुङ,सहइन्चार्जहरु रामेश्वर पोखरेल, झगरु चौधरी कमल पाठक, नगर सचिव छत्रनाथ सुवेदी, नेकपा जिल्ला सदस्य केशव कडेंल , नगर सदस्यहरु, नेकपाका युवा कार्यकर्ताको सयुक्त टोली नगरपालिका पुगेको थियो । रकम हस्तान्तरणका अवसरमा नगर इन्चार्ज हिरावहादुर गुरुङले आहात पुगेकालाई राहतको व्यवस्था गर्न स्थानीय सरकारलाई आग्रह गरे ।

सो अवसरमा नगर प्रमुख लालमणी चौधरीले सहयोग रकम सदुपयोग हुने भन्दै यस्ता सहयोगले विपदका वेला नेपालीहरु एकजुट हुन्छन् भन्ने सन्देश दिएको वताए । यसअघि नेकपा स्थायी कमिटि सदस्य एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेको पहलमा १ सय ५० परिवारलाई राहत सामाग्री खैरहनी नगरपालिकालाई प्राप्त भईसकेको छ भने नेपाली काग्रेश खैरहनी नगर समितिले पनि नगद ५१ हजार रुपैया खैरहनीको राहत कोषलाई सहयोग गरिसकेको छ ।