महानगर र जिल्ला प्रशासनको सूचना बाझियो ,जिल्ला प्रशासनको निर्णय लागु हुन्छ :प्रशासन

महानगर र जिल्ला प्रशासनको सूचना बाझियो ,जिल्ला प्रशासनको निर्णय लागु हुन्छ :प्रशासन

चितवन , ४ बैशाख। 
चितवनमा लकडाउन प्रभावकारी बनाउन बजार व्यवस्थापन गर्न आवश्यक भएपछि भरतपुर महानगर र जिल्ला प्रशासनले अत्यावश्यक सामाग्रीका पसल खोल्ने समय निर्धारण गरेको छ ।

दुईवटा निकायले तोकेको समय भए फरक फरक भएपछि सर्वसाधरण अन्योलमा परेका छन् । भरतपुर महानगरपालिकाले आज जारी गरेको सूचनामा बिहान ६ बजेदेखी ८ बजेसम्म र बेलुका ५ देखी ७ बजेसम्म खाद्यान्न , तरकारी , डेरी लगायत अत्यावश्यक पसल खोल्न पाउने सूचना जारी गरेको थियो ।

जिल्ला प्रशासनले भने बिहान १० देखी ४ बजेसम्म पसल खोल्ने समय निर्धारण गरेको छ । संंक्रामक रोग ऐन २०२० र स्थानिय प्रशासन ऐन २०२८ मा प्रमुख जिल्ला अधिकारीलाई अधिकार रहेकाले पालिकाहरुले समेत जिल्ला प्रशासनको निर्णयअनुसार गर्न आवश्यक रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले प्रष्ट पारे ।