कुमरोज साना किसान सहकारीले दियो ५० हजार

कुमरोज साना किसान सहकारीले दियो ५० हजार

वैशाख ४ गते । साना किसान कृषि सहकारी संस्था कुमरोजले खैरहनी नगरपालिकामा स्थापना गरिएको विपद राहत कोषलाई आर्थिक सहयोग गरेको छ । सो सहकारीले विहीवार राहत कोषलाई ५१ हजार रुपैया सहयोग गरेको हो । सहकारीका अध्यक्ष तेजप्रसाद वर्तौला,उपाध्यक्ष गीतानाथ अर्यालले नगर प्रमुख लालमणी चौधरीलाई सो रकम वरावरको चेक हस्तान्तरण गरे । उपप्रमुख सुनिता थपलिया,प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मासहितको उपस्थितीमा चेक हस्तान्तरण गर्दै सहकारीका अध्यक्ष वर्तौलाले नगरपालिकासंग सहकारीले विपदमा सहयोगको एक्येवद्धता जनाएको वताए । नगर प्रमुख चौधरीले सवै जुटे जस्तोे सुकै विपद पनि समाधान गर्न सकिने वताए । यसअघि साना किसान कृषि सहकारी संस्था खैरहनीले पनि ५० हजार रुपैया कोषलाई सहयोग गरिसकेको छ भने विभिन्न दलहरु,संघसंस्था,व्यक्तीहरुले पनि सहयोग गर्ने क्रम जारी छ । कोषमा हाल सम्म जिन्सी वाहेक ८ लाख भन्दा वढि रकम संकलन भईसकेको छ ।