खैरहनी १२ का वडा सदस्य पाण्डेको निधन

खैरहनी १२ का वडा सदस्य पाण्डेको निधन

चितवन,   १ कार्तिक   ।

चितवन खैरहनी १२ का वडा सदस्य बद्री बहादुर पान्डेको निधन भएको छ । क्यान्सरबाट पिडित पान्डेको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार बिहान १:३० बजे मृत्यु भएको वडा अध्यक्ष टिकाराम तिमल्सिनाले बताए । ४१ बर्सिय उनको गत चैतमा क्यान्सरको अप्रेसन गरिएकोमा तेस्रो पटक किमो चढाइएको थियो । पान्डेमा दुई दिन अघि कोरोना संक्रमण समेत पुष्टि भएको थियो । पान्डे स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका थिए । पाण्डेका श्रीमति,एक छोरा,एक छोरी छन् ।