आइतबार खैरहनी नगरपालिका बन्द

आइतबार खैरहनी नगरपालिका बन्द

खैरहनी , १ कार्तिक

वडा सदस्य निधनको शोकमा आइतबार भोलि खैरहनी नगरपालिका बन्द हुने भएको छ । साथै वडा कार्यालयहरु पनि भोलि एक दिन बन्द रहने छ । खैरहनी १२ का वडा सदस्य बद्री बहादुर पाण्डेको गयराती निधन भएको थियो ।

शनिबार बसेको नगर कार्यपालिकाको आकस्मिक बैठकले एक दिन नगरपालिका कार्यालय र वडा कार्यालयको सम्पूर्ण काम बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत पुरुषाेतम शर्माले बताए ।

नगर प्रमुख लालमणी चौधरीको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित वडा कार्यालयमा तीन दिन आधा झन्डा झुकाउने र शोक पुस्तिका राख्ने निर्णय पनि गरेको छ । बैठकले वडा सदस्य पाण्डेको निधनको शोक प्रस्ताव पारित समेत गरेको छ ।