दसैं मान्न इच्छाकामनाका चेपाङलाई खाद्यान्न

दसैं मान्न इच्छाकामनाका चेपाङलाई खाद्यान्न

चितवन ,१ कार्तिक   ।

चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ का चेपाङ समुदायलाई राहत वितरण गरिएको छ । सौराहा स्थित सपना भिलेज सोसियल इम्प्याक्टले दसैँ मनाउन नसक्ने अवस्थाका चेपाङ समुदायका ६६५ परिवारलाई राहत स्वरुप खाद्यान्न बितरण गरेको हो ।
प्रदान गरिएको हो । दसैँ कोसेली स्वरुप चेपाङ समुदायलाई प्रतिघरधुरी १५ किलो चामल,एक किलो दाल,एक लिटर तेल,एक किलो नुन प्रदान गरिएको सोसियल इमप्याक्ट अध्यक्ष ध्रुव गिरिले बताए । सो वडाको रम्बासिंह डाँडामा आयोजित कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङ र इम्प्याक्टका अध्यक्ष गिरीले सो सामग्री हस्तान्तरण गरेका थिए । सो क्रममा गाउँपालिका अध्यक्ष गुरुङले चेपाङ समुदायको आर्थिक र सामाजिक विकासको लागि सपना भिलेजले गरेको कामलाई गाउँपालिकाले संरक्षण गर्ने बताइन । इम्प्याक्टका अध्यक्ष गिरीका अनुसार परियोजना मार्फत यहाँका स्थानीयको जीवनस्तर सुधारको लागि अन्तरघर प्रतियोगिता, अन्तरविद्यालय, अन्तर स्वास्थ्यकर्मी प्रतियोगितासँगै विद्यालयको पूर्वाधार निर्माणको काम भइरहेको छ । इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले स्वागत मन्तव्य राखेको सो कार्यक्रम म्यानेजर अनिल अर्यालले सञ्चालन गरेका थिए ।