चितवनमा पर्यटक बस दुर्घटना , २ जनाको मृत्यु

चितवनमा पर्यटक बस दुर्घटना , २ जनाको मृत्यु

चितवन , ३ माघ ।
चितवनको रामनगरमा आज बिहान पर्यटक बस दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौबाट सौराहातर्फआउदै गरेको बा १ प ७८३ नम्बरको बसले सोही दिशाबाट आउदै गरेको लु २ ख ३३०५ नम्बरको ट्रकलाई ठक्कर दिदा दुर्घटना भएको थियो ।

ट्रकमा ठक्कर खाएपछि बस एउटा घरमा गएर ठोक्किएको थियो । दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु भएका दुबै जना बसको यात्रु हुन । उनिहरुको सनाखत भएको छैन । घाइतेहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।