युवाहरुलाई फसाउने लागुऔषधका तस्करहरुलाई छाडिन्नः प्रहरी महानिरिक्षक खनाल

युवाहरुलाई फसाउने लागुऔषधका तस्करहरुलाई छाडिन्नः प्रहरी महानिरिक्षक खनाल

चितवन , ३ माघ।
नेपाल प्रहरीका महानिरिरक्षक सर्बेन्द्र खनालले नेपालमा लागुऔषधका तस्करहरुले युवाहरुलाई लागुऔषध र्दुव्यसहनीमा फसाएको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनमा लागु औषधको प्रयोग ,रोकथाम र नियन्त्रणका लागि कानुनी तथा मनोसामाजिक निःशुल्क परामर्श केन्द्रको उद्घाटन गर्दै महानिरिक्षक खनालले लागुऔषधका तस्करहरुलाई नियन्त्रण मात्रै नभई निर्मुल पार्न प्रहरी कर्मचारीलाई निर्देशन समेत दिए । प्राकृतिक मृत्युमा ८० प्रतिशत लागु औषधको कारण भएको र लागुऔषध प्रयोग कै कारण धेरै अपराधिक घटना हुने गरेको खनालले बताए ।

उनले लागु औषधको माग घटाउनका लागि समुदाय स्तरमानै सचेतना आवश्यक रहेकोमा जोड दिए । कानुनी तथा मनोसामाजिक निःशुल्क परामर्श केन्द्रकोे भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज संयुुक्त रुपमा उद्घाटन गरेका थिए ।