भरतपुरमा ब्राण्डेड कपडा पाईने सोरुम

भरतपुरमा ब्राण्डेड कपडा पाईने सोरुम

माघ ३ गते ।

सुपथ मुल्यमा गुणस्तरीय कपडा बिक्रीवितरण गर्ने स्क्वाड नेपाल प्रालिले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ । प्रालिले भरतपुरमा रहेको सिजी ल्याण्डमार्कमा चितवनका लागि आधिकारीक सोरुमको रुपमा शाखा विस्तार गरेको हो । केटिएम सिटी तथा एन्टा ब्राण्डका कपडाहरु सो सोरुम मार्फत प्राप्त गर्न सकिने छ ।

सिजी ल्याण्डमा संचालनमा आएको सो सोरुमको यही माघ ७ गते औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । सोरुमको बारे पत्रकार सम्मेलनमा जानकारी गराउँदै संचालक फिलिप डिसीले नेपाली चलचित्रकी नायिका तथा निर्मात्री पुजा शर्माको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम राखिएको वताए । सो सोरुममा डिसीसंगै सुरज तिवारी,उत्तम गुरुङ र इन्द्रविक्रम थापाले करिव १ करोड ५० लाख रुपैया लगानी गरेका छन् । सामान्य वर्गका मानिस र हुने खानेहरुका लागि समेत मध्यनजर गर्दै सोरुममा कपडाहरु उपलव्ध हुने संचालक डिसीले वताए । उनका अनुसार चितवनको परिवेश अनुसार केटिएम सिटी तथा एन्टा ब्राण्डका कपडाहरु पाईनेछ ।

नेपालभर ५० वटा पसल संचालन गरिसकेको सो प्रालिले चितवनमा आवश्यकता अनुसार पसल विस्तार गर्ने अर्का संचालक सुरज तिवारीले जानकारी दिए । पसलमा ९० रुपैया देखीका कपडाहरु पाईन्छ । कपडा उत्पादनका लागि चिनबाट कच्चा पदार्थ ल्याउने गरेको पत्रकार सम्मेलनमा संचालक फिलिप डिसीले वताए । भरतपुरको सोरुम उद्घाटन कार्यक्रममा चर्चित गायकगायिकाहरु रामचन्द्र काफ्ले,जुनु रिजाल,हास्य कलाकारहरु नारद खतिवडा र पल्पसा डंगोल लगायतका कलाकारहरुबाट सास्कृतिक कार्यक्रम समेत हुनेछ ।