८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु

गोरखा २, मङ्सिर ।

गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान निधन भएको छ । फोक्सोको क्यासरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको आइसियूमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो । रासस