हङकङ आगलागीमा ७ जना नेपालीको मृत्यु (नामसहित)

हङकङ आगलागीमा ७ जना नेपालीको मृत्यु (नामसहित)

हङकङ ,२ मङ्सिर ।

गत आइतबार साँझ जोर्डनको क्यान्टोन रोडस्थित जिरे खुर्सानी नाम गरेको नेपालीद्वारा संचालित रेष्टुरेण्टमा आगलागी हुँदा ७ जना नेपालको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा ९ वर्षीय बालकसहित चार पुरुष र तीन महिला रहेका छन् । मृत्यु हुनेहरुमा ३८ वर्षीय युवाराज कंडेल, १३ वर्षीया कृतिका कंडेल, ३५ वर्षीय राज बाबु नेपाल, ९ वर्षीय रायन नेपाल, ३९ वर्षीय शेरबहादुर गुरुङ, ३० वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङ (रेष्टुरेण्ट मालिक) रहेका छन् । घटनामा १८ जना घाइते भएका छन् । घाइते ७ जनाको अवस्था नाजुक र २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

नेपालीको एक समूहले दीपावलीसहित बर्थ डे पार्टी मनाई रहँदा आगलागी भएको बताइए पनि आगलागीको कारण भने खुल्न सकेको छैन । एक पुरुष झ्यालबाट हाम्फालेर र अन्य तीन जनाले भागेर ज्यान जोगाएका छन् । घाइतेहरु सबै नेपाली रहेका हुन् ।

घाइतेहरुलाई क्यारिटास मेडिकल सेन्टर, क्वीन एलिजाबेथ र प्रिन्स मार्गरेट अस्पतालमा लगिएको छ ।