
काठमाडौं, २ मंसिर ।
पछिल्लो २४ घण्टामा ३ हजार ११२ जनाको पीसीआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो संख्यामा पीसीआर परीक्षण हुँदा ५०२ जनामा संक्रमण पुष्टि भएको छ । हिन्दु नेपालीको चाड तिहार भएका कारण परीक्षण घटेको हो ।
पछिल्लो २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै देशभर मृत्यु हुनेको कुल संख्या १ हजार २४७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ पुगेको छ । यस्तै बितेको २४ घण्टामा २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन्।
यससँगै देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको छ भने निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । हालसम्म कोरोना निको हुने दर ८४.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।