कुमरोजमा नागरिक आरोग्य सेवा केन्द्र उद्घाटन

कुमरोजमा नागरिक आरोग्य सेवा केन्द्र उद्घाटन

चितवन, पुस २ गते । खैरहनी नगरपालिका १२ कुमरोजमा नागरिक आरोग्य सेवा केन्द्रले सेवा सुरु गरेको छ । चितवनको रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा केन्द्र स्थापना गरेको थियो । बिहिवार वडा अध्यक्ष टिकाराम तिमल्सिनाले उद्घाटन गरेसंगै यहाँबाट सेवा सुरु भएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले बुधबार शिवनगरमा यस्तै प्रकृतिको सेवा केन्द्रको उद्घाटन गरेको थियो । कुमरोजको सेवा केन्द्र उद्घाटनका अवसरमा खैरहनी १२ का वडा अध्यक्ष टिकाराम तिमल्सिनाले कोरोना भाइरस संक्रमणको यो अवस्थामा आयुर्वेदिक पद्वती र आयुर्वेद औसधिको प्रयोग गर्नु पर्छ भन्ने सन्देश दिएको बताए । सेवा केन्द्रका लागि आवश्यक सहयोग वडा र नगरपालिकाले गर्ने वडा अध्यक्ष तिमल्सिनाले बताए । खैरहनी नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले नेपालमा प्रयाप्त मात्रामा जडिबुटी रहेकाले आयुर्वेदिक औसधिको रुपमा प्रयोग गर्नु पर्ने औल्याए । अधिकारीले आयुर्वेद र एलोपेथिक औसधिलाई परिपुरका रुपमा संगसंगै लैजानु पर्ने पनि बताए । सो सेवा केन्द्रबाट अम्लपित्त,कब्जियत,छालाको रोग,स्त्री रोग,पायल्स,मधुमेह ,उच्चरक्तचाप लगायत नसर्ने रोग ब्यबस्थापनका लागि आयुर्वेद सेवा प्रदान गरिने जिल्ला आयुर्वेद स्वास्थ केन्द्रकि प्रमुख डाक्टर कोपिला अधिकारीले बताइन । त्यस्तै दुखाइ ब्यबस्थापनका लागी स्नेहन,स्टिम बाथघुंडा दुखेकोमा जानू बस्ती,ढाड खुखेकोमा कटिबस्ती सेवा,पिनास,नाकको एलर्जी,तनाब ब्यबस्थापनका लागि स्टिम बाथ शिरोधारा,जिवनशैली ब्यबस्थापनका लागि योग ,प्राणायाम लगायत्को सेवा प्रदान गरिने डाक्टर अधिकारीले जानकारी दिइन । उद्घाटन कार्यक्रममा आयुर्वेद बिज्ञ प्रेरक रेग्मी ,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर देवेन्द्र यादव,नागरिक आरोग्य सेवा केन्द्र शिवनगरकी डाक्टर सबिना खड्का लगायतले मन्तव्य राखेका थिए ।