बिजुलीका तार भूमिगत भएपछि प्रधानमन्त्रीले ओली भने – ‘कुरूपता हटेरअब सहर ‘चिटिक्क’ हुन्छ।’

बिजुलीका तार भूमिगत भएपछि प्रधानमन्त्रीले ओली भने – ‘कुरूपता हटेरअब सहर ‘चिटिक्क’ हुन्छ।’

काठमाडौं ,५ फागुन।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिजुलीको तार ‘अन्डरग्राउन्ट’ गर्ने कार्यको शुभारम्भ गरेका छन्। उक्त कार्यको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले मुलुक नयाँ युगमा प्रवेश गरेको बताएका छन्।

‘बिजुली, टेलिफोनका तार भूमिगत भएपछि अहिलेजस्तो सडकमा कुरूपता देख्नुपर्ने छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘कुरूपता हटेर अब सहर ‘चिटिक्क’ हुन्छ।’

विकास विरोधीहरुले यसलाई पनि बासुँरी मात्र बजाएको देख्ने छन भनि प्रधानमन्त्रीले व्यङ्‌ग्य गर्दै भने, ‘नयाँ युगमा प्रवेश गरेको देख्न नचाहनेहरुले अनेक अफवाह फैलाउने गरेका छन्।’

आजदेखि काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली  (तार)लाई भूमिगत बनाउन सुरु गरिएको छ।

संघीय राजधानीको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउन पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरिएको हो।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ड, टोखा, गोङ्‌गबु, समाखुसी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली, शिक्षण अस्पताललगायतका स्थानहरुमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिनेछ। २ सय ५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइनेछ।

त्यस्तै रत्नपार्क, बागबजार, पुतलीसडक, न्युरोड,अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टे। त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चावहिल, बौद्ध, जोरपाटीलगायतका स्थानहरुमा तार भूमिगत गरिनेछ। ती क्षेत्रमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजका क्रमशस् करिब २ सय र ४ सय किलोमिटर तार भूमिगत गरिनेछ। साथै, त्यहाँ करिब २ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याइनेछ।

दुई क्षेत्रको काम गर्नका लागि भारतीय कम्पनी केईआई इन्ड्रस्ट्रिजज लिमिटेडसँग सन् २०१९को मार्चमा ठेक्का सम्झौता भएको थियो। नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा सुरु गरिएको आयोजनाको काम सन् २०२१को अक्टोबरभित्रमा सक्ने लक्ष्य राखिएको छ।

हाल भइरहेको जमिनमाथिको ९ओभरहेड० वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरुप बनाइरहेको तारको चालो हटी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। ‘हावाहुरी, पानी, चट्याङइत्यादिको कारणले विद्युत् प्रणालीमा अवरोध नहुने हुँदा भूमिगत वितरण प्रणालीबाट प्रदान गरिने विद्युत् भरपर्दो, गुणस्तरीय र सुरक्षित हुँदा विद्युतीय दुर्घटनाबाट हुनसक्ने जनधनको क्षति न्यून हुनेछ, उनले भने ‘आगामी वर्षमा बढ्ने मागलाईसमेत दृष्टिगत गरी डिजाइन गरिएकाले वितरण प्रणालीको क्षमता अभिवृद्धि भई काठमाडौं उपत्यकाको विद्युतको बढ्दो मागलाई व्यवस्थापन गर्न सहज हुनेछ।’

भूमिगत कार्य गर्दा सडकमा न्यूनतम क्षति हुने गरी होरिजेन्टल डिरेक्सनल ड्रिलिङ प्रविधि प्रयोग गरिनेछ। सडकमा सवारीसाधनको अवागम र पैदलयात्रीलाई असर नपर्ने गरी राती काम गर्ने व्यवस्था गरिएको छ। सडक खन्दा निक्लिएको धुलोबाट आमनागरिकलाई असर पर्न नदिन न्यूनीकरणका उचित व्यवस्था गरिएको छ। तार भूमिगत गर्दा क्षति पुगेको सडकको मर्मत १० दिनभित्र गरिसकिनेछ।

विद्युतको तारसँगै अप्टिकल फाइबर बिछ्याइने हुँदा इन्टरनेट, दूरसञ्चाचार, केवल टेलिभिजन सेवा प्रदायकहरुले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सकिनेछ। यसबाट डिजिटल नेपालको अवधारणालाई सारकार पार्न मद्दत पुग्नेछ। भविष्यको मागलाई सम्बोधन हुने गरी अप्टिकल फाइबर थप गर्न सक्ने गरी संरचना तयार गरिनेछ। वितरण प्रणालीलाई स्वचालित बनाउन फिल्ड रिमोट टर्मिनल युनिट जडित उपकरणहरु प्रयोगको थालनीसमेत गरिएको छ। सबै स्वचालित वितरण प्रणालीको नियन्त्रणका लागि स्युचाटारमा वितरण नियन्त्रण केन्द्र निर्माण गर्न केही दिनमै बोलपत्र आह्न गरिने प्राधिकरणले जनाएको छ। स्वचालित वितरण प्रणालीबाट उपलब्ध विद्युत् सेवा थप सुरक्षित, नियमित र भरपर्दो बनाउन मद्दत पुग्नेछ।

दोस्रो चरणमा काठमाडौं जिल्लाको बाँकी स्थानहरुको वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित गर्न बोलपत्र आहन भई मूल्याङ्‌कन भइरहेको छ। यसबाट ११ हजार भोल्टेजको करिब २ सय ५० किलोमिटर र ४ सय भोल्टेजको करिब २ सय ४० किलोमिटर लाइनलाई भूमिगत गरिनेछ। त्यहाँ करिब ४ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याइनेछ। ललितपुर र भक्तपुरमा पनि तारलाई भूमिगत गर्न खरिद प्रक्रिया अगाडि बढाइएको छ। वितरण प्रणाली आधुनीकीकरण र सुदृढीकरणका यी आयोजनामा एडिबीले सहुलितपूर्ण ऋण उपलब्ध गराउने प्रतिबद्धता जनएको छ। काठमाडौं उपत्यकाबाहिर कास्कीको पोखरा र चितवनको भरतपुर महानगपालिको मुख्य सडकहरुमा वितरण प्रणालीलाई भूमिगत गर्न अध्ययन अगाडि बढाइएको छ। साथै अन्य प्रमुख सहरहरुमा पनि वितरण प्रणालीलाई भूमिगत गर्न अध्ययन भइरहेको छ।

वितरण प्रणाली र विद्युतीय सेवालाई आधुनीकीकरण गर्ने क्रममा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका करिब एक लाख ग्राहकको घरमा स्मार्ट मिटर जडान गर्न लागिएको छ। यसका लागि ठेक्का सम्झौता भई ठेकेदारले काम सुरु गरिसकेको छ। ुथ्रि फेजु मिटरलाई एक वर्षभित्रमा स्मार्ट मिटरबाट प्रतिस्थापन गरिनेछ। आगामी दिनमा क्रमैसँग मुलुकभरका ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिने प्राधिकरणले जनाएको छ।