शिवमाया कानुनमन्त्री बन्ने, आज ३ बजे सपथ

शिवमाया कानुनमन्त्री बन्ने, आज ३ बजे सपथ

काठमाडौं ,५ फागुन।

प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङफेलाई आज कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी दिने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज (सोमबार) दिउँसो ३ बजे तुम्वाहाङफेले सपथ लिने जानकारी दिए।

समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार छाडेपछि रिक्त उक्त मन्त्रालयको जिम्मेवारी तुम्वाहाङफेलाई दिन लागिएको हो।