फागुन अन्तिम साता परेवाकोट पर्यटन महोत्सव हुदै

फागुन अन्तिम साता परेवाकोट पर्यटन महोत्सव  हुदै

फागुन ५ गते । चितवनको पर्यटकीय संभावना वोकेको परेवाकोटको विकासका लागि महोत्सव आयोजना गरिने भएको छ । परेवाश्वरी सामुदायिक वन उपभोक्ता समुह,लोथर मध्यवर्ती उपभोक्ता समिति,युवा जागृती क्लव लोथर र बुलबुल इन्टरटेन्टमेन्ट एण्ड मिडिया प्रालिको सयुक्त आयोजनामा प्रथम परेवाकोट पर्यटन महोत्सव हुन लागेको हो । महोत्सव मुल समारोह समितिले सोमवार पत्रकार सम्मेलनको आयोजना गरि यही फागुन २१ गतेदेखी चैत १ गते सम्म महोत्सव गर्न लागेको जनाएको छ । भ्रमण वर्षलाई केन्द्रित गर्दै समग्र नगरको पर्यटन,आर्थिक,सामाजिक विकासमा सहयोग गर्ने,परेवाकोट लगायत नगरको पर्यटकीय स्थलहरु कामिनचुली,नागदह,भास्माणी ताल लगायतलाई समेत परिचित गराउने महोत्सवको उदेश्य रहेको मुल समारोह समिति संयोजक सानुबाबु वर्तौलाले वताए । महोत्सवमा गिठ्ठाको प्रवद्र्धनका लागि गिठ्ठाको मःम र लोपोन्मुख सिस्नुको विषेश परिकार,युवा वैज्ञानिक सरोज प्रजाले आविस्कार गरेको कार तथा प्यारामोटरको प्रर्दशनी,परेवाकोटमा जीप सफारी,घोडा सयर र आकर्षक सेल्फी खिच्ने अवसर प्रमुख आकर्षणको रुपमा रहने उनले वताए । करिव १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको सो महोत्सवबाट ७० लाख आम्दानी हुने र ५० लाख खर्च हुने अनुमान गरिएको आयोजक संस्था बुलबुल इन्टरटेन्टमेन्ड एण्ड मिडिया प्रालिका अध्यक्ष एवंम् स्टेरिङ कमिटि सदस्य ज्ञानेन्द्र तामाङले वताए । पत्रकार सम्मेलनमा राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामा, राप्ती १ का वडाध्यक्ष सिद्धीलाल स्यानतान,लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानवहादुर स्याङ्वोले ओझेलमा परेको परेवाकोटलाई प्रचार प्रसार गर्न महोत्सवले टेवा पुर्याउने विश्वास व्यक्त गरे ।