शपथ लिएसँगै शिवमायाद्वारा कानुनमन्त्रीको पदभार ग्रहण

शपथ लिएसँगै शिवमायाद्वारा कानुनमन्त्रीको पदभार ग्रहण

काठमाडौं,५ फागुन।

पूर्वउपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा सोमबार शपथ ग्रहण गरेकी छन् ।

बमबम
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओली तुम्बाहाङ्फेलाई सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।

प्रधानमन्त्री ओलीको शिफारिसमा राष्ट्रपति भण्डारीले आजै तुम्बाहाङ्फेलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले आजै सिंहदरबारस्थित मन्त्रालयमा पुगी पदभार समेत ग्रहण गरिसकेकी छिन् ।

यसअघि उपसभामुख रहेकी शिवमायाले सभामुखमा दाबी गरेको भए पनि नेकपाले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।

यस अघि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव कानुन न्याय तथा संसदीय मामिला मन्त्री रहेका थिए भने उनले राजीनामा दिएर सरकार छोडेपछि अहिले कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्री समेत रहेका भानुभक्त ढकालले सम्हालेका थिए ।