अमेरिकामा कोरोना भाइरसबाट ९३ जनाको मृत्यु

अमेरिकामा कोरोना भाइरसबाट ९३ जनाको मृत्यु

एजेन्सी, ४ चैत्र ।

अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण ज्यान गुमाउनेको दिनहुँ बढ्दै गएको छ ।

विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार यो समाचार तयार परिसक्दासम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

कोरोना भाइरस उद्गम स्थल चीनमा संक्रमण दर घट्दै गइरहेको बेला अमेरिका भने बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टाभित्र मात्रै अमेरिकामा ७ जनाको मृत्यु भएको छ भने ६२ जना नयाँ संक्रमित पुगेको छ ।

अहिलेसम्म अमेरिकामा कोरोबाट ४ हजार ७२५ जना संक्रमित भएका छन् । ७४ जना पूर्ण रुपमा भएका छन् भने १२ जना जटिल अवस्थामा भएको वर्ल्डो मिटरर्स डट इन्फोले जनाएको छ ।

अहिलेसम्म विश्वव्यापी रूपमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार १७४ पुगेको छ भने कोरोना सङ्क्रमित व्यक्तिको संख्या १ लाख ८२ हजार नाघिसकेको छ । हालसम्म विश्वव्यापी रूपमा कोरोनाबाट संक्रमितमध्ये ७९ हजार ७ सयभन्दा बढी पूर्ण रुपमा निको भएका छन् भने ६ हजार १ यसभन्दा बढी जटिल अवस्थामा छन् ।

गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका १ सय ६० भन्दा बढी मुलुकमा फैलिसकेको छ ।