ट्रकको ठक्करबाट चितवनमा साइकल यात्रीको मृत्यु

ट्रकको ठक्करबाट चितवनमा साइकल यात्रीको मृत्यु

चितवन,४ चैत्र ।

चितवनमा ट्रकले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ।

मंगलबार बिहान ६ बजे भरतपुर महानगरपालिका(७ क्यान्सर अस्पताल अगाडि ना ७ ख ४०९१ नम्बरको ट्रकले साइकलमा सवार भरतपुर महानगरपालिका(७ कृष्णपुरकी ३५ लक्ष्मी सुवेदीलाई ठक्कर दिएको थियो।

चौबिसकोटीबाट गीतानगरतर्फ गइरहेको ट्रकले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्करबाट सुवेदी गम्भीर घाइते भएकी थिइन्।

दुर्घटनापछि उनलाई प्रहरीले उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो।

अस्पतालले पौने सात बजे सुवेदीको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए।

घटनापछि फरार रहेका ट्रक चालक माडी बस्ने ३२ वर्षीय विष्णुकुमार महतोलाई प्रहरीले बिहानै गीतानगरबाट पक्राउ गरेको हो।

दुर्घटनापछि केहीबेर स्थानीय आक्रोशित भएका थिए’,डिएसपी कोइरालाले भने,‘प्रहरीले बल प्रयोग गरेर ट्रक नियन्त्रणमा लिएको हो।’

अहिले भने सबै सडक पुनस्सञ्चालन भइसकेको प्रहरीले बताए।