कोरोना भाइरसविरुद्धको खोप परीक्षण सुरु,मानिसलाई दिइन थालियो खोप

कोरोना भाइरसविरुद्धको खोप परीक्षण सुरु,मानिसलाई दिइन थालियो खोप

 एजेन्सी,४ चैत्र ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई विश्वव्यापी स्वास्थ्य संकटका रुपमा परिभाषित गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यसको परीक्षणमा जोड दिएको छ। कोरोना भाइरस (कोभिड १९)विरुद्धको खोप तयार भएको छ ।

जसको  परीक्षण थालिएको छ । अमेरिकामा तयार भएको खोपको ‘क्लिनिकल ट्रायल’ सुरु गरिएको छ । परीक्षणको व्यवस्था मिलाइरहेको अमेरिकाको नेशनल इन्स्टिच्युड अफ हेल्थकाअनुसार स्वतस्फूर्तमा रुपमा लगाउन चाहने व्यक्तिलाई मात्रै खोप दिइएको छ । खोपको परीक्षणका लागि ४५ जना वयश्क स्वतस्फूर्त रुपमा तयार भएका छन् ।

बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेशनल इन्स्टिच्युड अफ हेल्थले संयुक्त रुपमा उत्पादन गरेको खोप सियाटलस्थित वासिङ्गटन हेल्थ रिसर्च इन्स्टिच्युडमा परीक्षण सुरु गरिएको हो । यद्यपि परीक्षण सुरु गरिए पनि स्वीकृतिका लागि एकदेखि डेढ वर्ष कुर्नुपर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यम एपीले समाचारमा जनाएको छ ।

परीक्षण गर्न थालिएको खोपलाई ‘एमआरएनए–१२७३’ नाम दिइएको छ । उक्त खोपमा भाइरसको संक्रमणबाट जोगाउने वा रोगविरुद्ध लड्ने क्षमता बढाउन सहयोग गर्ने अनुसन्धानकर्ताले दाबी गरेका छन् ।