चितवनमा ७२ घण्टाभित्र ७० शैयाको कोरोना अस्पताल बनाइने !

चितवनमा ७२ घण्टाभित्र  ७० शैयाको कोरोना अस्पताल बनाइने !

चितवन,४ चैत्र ।

कोरोना भाइरस संक्रमणको पूर्वतयारी गर्दै चितवनमा ७५ शैय्याको आइसोलेसन वार्ड बनाइने भएको छ। भरतपुर महानगरपालिका र चितवन उद्योग संघको संयुक्त आयोजनामा मंगलबार भएको छलफलले प्रदर्शनी केन्द्रलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको हो ।

छलफलले ७२ घण्टा भित्रमै कोरोना विशेष अस्पताल बनाई सक्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले कोरोना संक्रमणको संभावित अवस्थालाई मध्यनजर गर्दै कोरोना विशेष अस्पताल बनाउने निर्णय गरिएको बताइन् । उनका अनुसार प्रदर्शनी केन्द्रमा तीन वटा ठूला हलहरु निर्माण भइसकेकाले अब प्राविधिक कार्यहरु जडान गर्न मात्र बाँकी रहेको भन्दै अब ७२ घन्टा भित्र अस्पताल तयार हुने छ ।

अस्थायी रुपमा निर्माण गर्न लागिएको अस्पतालमा ७० बेड क्षमता हुनेछ । जसमा ५० बेड जनरल, १० बेड सघन कक्ष ९आइसियु० र १० बेड ९एचडियु० को रहने छ ।

संघका अध्यक्ष राजु पौडेलले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा अस्पताल बनाउन संघले सहयोग गरेको बताए ।