स्पेनमा कोरोनाबाट ४९१ जनाको मृत्यु, ११ हजार संक्रमित

मड्रिड,३ चैत्र ।

स्पेनमा कोरोना संक्रमितको संख्या ११ हजारभन्दा बढी पुगेको छ भने ४९१ संक्रमितको मृत्यु भएको छ ।

स्पेनका स्वास्थ्य आपतकाल केन्द्रका प्रमुख फर्नान्डो सिमोनले मंगलबारसम्म मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको पुष्टि गरेका हुन् ।
उनले एकै दिनमा नौ हजार १६१ बाट ११ हजार १७८ पुगेको बताएका हुन् । – रोयटर्स