प्रदेश २ मा काँग्रेसले प्रस्ताव गरेको मिथिला–भोजपुरा प्रदेशको प्रस्ताव पनि अस्वीकृत

प्रदेश २ मा काँग्रेसले प्रस्ताव गरेको मिथिला–भोजपुरा प्रदेशको प्रस्ताव पनि अस्वीकृत

काठमाडौ,४ चैत्र ।

प्रदेश–२ को नामकरणका लागि मंगलबार भएको भएको चुनावमा मिथिला–भोजपुराको पक्षमा २८ मत खसेको छ ।नेपाली काँग्रेसले प्रस्ताव गरेको मिथिला–भोजपुराको पक्षमा भएको मतदानमा २८ मत परेको प्रदेश–२ सभा सचिवालयले जनाएको छ । त्यस्तै विपक्षमा ७९ मत खसेको छ ।

योसँगै प्रदेश २ मा काँगेसले प्रस्ताव गरेको मिथिला–भोजपुराको प्रस्ताव पनि अस्वीकृत भएको छ । अब केहीबेरमा मध्य मधेश प्रदेशको पक्षमा चुनाव हुँदैछ ।