राप्तीमा कंक्रिट ड्याक,सौराहामा सिटी हल निर्माण सुरु

राप्तीमा कंक्रिट ड्याक,सौराहामा सिटी हल निर्माण सुरु

चैत ४ गते । चितवनमा दुई वटा ठुला परियोजनाको काम मंगलवार एकै दिन सुरुवात भएको छ । बाढीबाट वर्षेनी पीडित वन्दै आएका पूर्वी चितवनवासीहरुलाई सुरक्षित गराउन राप्ती खोलामा लोथरदेखी सौराहा सम्म आरसीसि पर्खालसहितको ड्याक निर्माण सुरु भएको हो भने पर्यटकीय नगरी सौराहामा एक हजार क्षमताको सिटी हलको समेत निर्माण आरम्भ भएको छ । दुई वटै आयोजनाको छुट्टा छुट्टै कार्यक्रमका बीच पूर्व अर्थमन्त्री तथा प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले सिलान्यास गरे । राप्ती खोलामा लोथरदेखी सौराहा सम्म करिव २५ किलो मिटरमा आरसीसि पर्खालसहितको ड्याक निर्माण नारायणी नदि व्यवस्थापन आयोजनाका आयोजना निर्देशक मेखनाथ शर्माले वताए । पर्खालमा १५ मिटर स्लोभ,५ मिटर जग र ७ मिटर उचाई रहने उनले वताएा । पहिलो चरणमा साँकेतिक रुपमा ९० मिटरको काम सम्पन्न हुने आयोजना निर्देशक शर्माको भनाई छ । कंक्रिट पर्खाल निर्माणपछि बाढीका कारण डराएर वस्नु पर्ने अवस्थाको अन्त्य हुने पूर्व अर्थमन्त्री एवंम् प्रतिनिधी सभा सदस्य सुरेन्द्र पाण्डेले वताए । बाढीकै कारण डराएर वस्नु पर्ने अवस्था थियो पूर्वअर्थमन्त्री पाण्डेले भने – पर्खाल निर्माणले सुरक्षित गर्ने काम गर्छ । ठुलो परियोजना भएकाले युरोपियन युनियनलाई ४० मिलियन युरोका लागि पत्राचार गरिएको र त्यहाँबाट स्वीकृत भएमा आधा काम सम्पन्न हुने र वाँकी कामका लागि श्रोत जुटाउनु पर्ने उनले वताए । पूर्वअर्थमन्त्री पाण्डेका अनुसार लोथरदेखी सौराहा सम्म ड्याक निर्माणका लागि करिव १० अर्व लाग्छ । राप्ती नगरपालिका मेयर प्रभा वरालले पर्खालसहितको ड्याक निर्माणले सिंगो चितवन जिल्लानै सुरक्षित हुने वताईन् । मेयर वरालका अनुसार राप्ती नदिबाट सवैभन्दा वढि पूर्व पश्चिम राजमार्गको दक्षित भेगका सवै जनता प्रभावित छन् । वर्खा लागेपछि सुत्ने अवस्था हुदैन मेयर वरालले भनिन् – बाढीकै कारण उद्योग व्यवसाय समेत फस्टाउन सकेन् थिएन अव ढुक्क हुने भयो ।


सौराहामा ३५ करोडको सिटी हल
नेपालकै तेश्रो पर्यटकीय नगरी सौराहामा सिटी हल निर्माण सुरु भएको छ । नेपाल सरकारको ३५ करोडको लगानीमा निर्माण सुरु भएको सिटीहलको मंगलवार पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले शिलान्यास गरे । पाण्डेले शिलान्यास गरेसंगै सिटीहलको निर्माणकार्य सुरु भएको हो । नेपाल सरकार शहरी विकास मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सिटीहल निर्माण सुरु भएको हो । संघन शहरी तथा भवन निर्माण आयोजना चितवनले भवन निर्माण सूरु गरेको छ । ३५ करोड २२ लाख ७० हजारको लगानीमा एक हजार क्षमताको सिटीहल निर्माण हुने संघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकास अर्यालले जानकारी दिए । एउटा एक हजार क्षमताको ठुलो हलसंगै ५० जना अट्ने अर्को भवन सहित मिटिङहल समेत निर्माण हुने उनले वताए । रेलीगेर कन्स्ट्रक्सन प्रा.लि.ललितपुरले निर्माणको जिम्मा पाएको छ । सिटीहलको शिलान्यास गर्दै पूर्वअर्थमन्त्री पाण्डेले सामाजिक तथा आर्थिक विकाससंगै सौराहाको पर्यटनलाई थप विकसित बनाउने विश्वास व्यक्त गरे । प्रदेश सांसद कृष्णप्रसाद खनालले सौराहामा निर्माणहुने सिटीहलले समग्र जिल्लाको पर्यटन विकासमा प्रभाव पार्ने बताए ।
कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले सिटीहल सौराहाको पर्यटन विकासका लागि कोसेढुंगा सावित हुने बताए । रत्ननगर नगरपालिकाले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याएको ठाउँमा सरकारले सिटीहल निर्माण सुरु गरेको हो । मेयर वनले नगरपालिकाले संरक्षण गरेको सार्वजनिक जग्गामा ठुला आयोजना निर्माणको काम सुरु भएको भन्दै खुसी व्यक्त गरे । कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,वडा नं ७ का वडाध्यक्ष राजन भट्ट,नेकपाका नगर अध्यक्ष कुल प्रसाद लामिछाने, नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे ,नगरपालिकाका प्रवक्ता राजेन्द्र हमाल लगायतले मन्तव्य राखेका थिए ।