कौशलटारमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु

कौशलटारमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु

काठमाडौं,४ चैत्र ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका कौशलटारमा भएको सवारी दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन्।

कोटेश्वरबाट सूर्यबिनायकतर्फ आउँदै गरेको प्रदेश नम्वर ३–०२–००९ प ०३५९ नम्वरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा बा ५८ प १६७७ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो।

ठक्करका क्रममा मोटरसाइकल उछिट्टिन पुगेको थियो। गम्भीर घाइते मोटरसाइकल चालकलाई प्रहरीले तत्कालै उपचारार्थ नागरिक अस्पताल गठ्ठाघरमा ल्याएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्दाजी ३० वर्षीय ती पुरुषको हालसम्म नाम, थर, वतन खुल्न नआएको प्रहरीले जनाएको छ।

स्कुटर चालक ठिमी बोडे बस्ने १८ वर्षीया ईशा ढेकेलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत दीपक गिरीले जानकारी दिए।