चितवनको राप्तीका दुईजनामा कोरोनाको आशंका, थप पुष्ठिको लागि स्वाव काठमाडौं पठाइयो

चितवनको राप्तीका दुईजनामा कोरोनाको आशंका, थप पुष्ठिको लागि स्वाव काठमाडौं पठाइयो

चितवन , ५ बैशाख
चितवनमा दुईजनामा कोरोनाको आशंका देखिएको छ ।

राप्ती नगरपालिका निवासी दुईजनाको भरतपुर कोभिड १९ परिक्षण प्रयोगशालामा स्वाब परिक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि थप परिक्षणको लागि काठमाडौं पठाइएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । भरतपुरमा कोरोना परिक्षण सुरुगरेयता पहिलो पटक यस्तो शंकास्पद रिपोर्ट आएपछि थप परिक्षण र पुष्ठिको लागि काठमाडौं पठाइएको हो ।