चितवनको युनिक सहकारीद्वारा माक्स बितरण

चितवनको युनिक सहकारीद्वारा माक्स बितरण

चितवन,५ वैशाख

चितवनको युनिक सहकारिले कोरोना (कोविड-१९) रोकथाम, नियन्त्रणका लागि आफ्ना शेयर सदस्य तथा समुदायका बासिन्दालाई २ हजार थान मास्क बितरण गरेको छ । साथै नेफस्कूनबाट जारी निर्देशिका बमोजिम २०७६ चैत्र २८ गते बसेको सन्चालक समितीको १५१औ बैठकको निर्णयले संस्थाका उपाध्यक्ष प्रेमकृष्ण खनालको सम्योजकत्वमा सन्चालक सुरेन्द्रनाथ रेग्मी, चन्द्रीका महत केसी र प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामीछाने सहितको ४ सदस्यीय ” कोरोना महामारी जोखिम ब्यवस्थापन तथा सेवा सन्चालन” उप समिती गठन गरिएको छ। सो उपसमितीको बैशाख ४ गतेको अनलाईन बैठकको निर्णयले “सामाजिक उत्तरदायित्व” अन्तर्गत संस्थामा रहेको “सामाजिक हित कोष”बाट स्थानिय निकाय स्तरीय कोरोना रोकथाम नियन्त्रण, उपचार तथा राहत कोषमा निम्न बमोजिम नगदर जिन्सी सहयोग उपलब्ध गराउने निर्णय गरिएको सस्थाका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामीछाने बताए ।

सहयोगको बिवरण- १.रत्ननगर न पा. – रु.१,०१,०००/- ( बरावरको खाद्यान्न ) २. कालिका नगरपालिका- रु.५१,०००/- ३. संस्थाको कार्यालय रहेको राप्ती नपा, र भरतपुर महानगरपालिका,लाई प्रती निकाय रु. २५,०००/- का दरले गरि जम्मा रु.२,०२,०००/-( दुई लाख दुई हजार ) सहयोग उपलब्ध गराउने ।