कोरोना पछिल्लो अपडेट : विश्वभर १ लाख ४५ हजार नाघ्यो मृतकको संख्या, कुन देशमा कति ?

कोरोना पछिल्लो अपडेट : विश्वभर  १ लाख ४५ हजार नाघ्यो मृतकको संख्या, कुन देशमा कति ?

काठमाडौं,५ वैशाख ।

स्वास्थ्य क्षेत्रमा विश्वकै ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख ४५ हजार ५५१ जनाको ज्यान गएको छ भने २१ लाख ८२ हजार ८२३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ५ लाख ४७ हजार ५८९ जना उपचार पछि निको भएका छन् भने विश्वमा ५६ हजार ५८८ जनाको अवस्था गम्भीर रहेको छ ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ३४ हजार ६४१ जनाले ज्यान गुमाएका छन् भने ६ लाख ७८ हजार १४४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्पेनमा १९ हजार ३१५ जनाको ज्यान गएको छ भने इटालीमा २२ हजार १७०, फ्रान्समा १७ हजार ९२०, जर्मनीमा ४ हजार ५२, बेलायतमा १३ हजार ७२९, चीनमा ३ हजार ३४२, ईरानमा ४ हजार ८६९, टर्कीमा १ हजार ६४३, बेल्जियममा ४ हजार ८५७, ब्राजिलमा १ हजार ९४७, क्यानडामा १ हजार १९५, नेदरल्याण्ड्समा ३ हजार ३१५, स्विट्जरल्याण्डमा १ हजार २८१ र स्विडेनमा १ हजार ३३३ जनाको ज्यान गएको छ । आज मात्रै विश्व्मा ८१ जनाको ज्यान गईसकेको छ भने १ हजार ५१५ नयाँ संक्रमित थपिएका छन् ।