ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

ताप्लेजुङ,५ वैशाख

ताप्लेजुङमा श्रीमती हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । ५२ वर्षीया मिङ्मा लामु शेर्पाको हत्या आरोपमा फुङलिङ नगरपालिका (९ का पासाङ थुन्डुक पक्राउ परेका हुन् ।

अत्याधिक मादक पदार्थ सेवन गरेका पासाङले बिहीबार आफ्नै श्रीमती मिङ्मालाई शरीरको विभिन्न लात्ती र मुक्‍का प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमानको कुटपिटबाट उनको घरमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मृतकका आफन्तले पासाङविरुद्ध किटानी जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक विष्णु खड्काले बताए । खड्काका अनुसार पाशाङले यसअघि पनि मापसे गरी श्रीमतीलाई पटक पटक पिट्ने गरेको जाहेरीमा उल्लेख छ । शव जिल्ला अस्पतालमा पोष्टमार्टमपछि आफन्तलाई बुझाउने खड्काले बताए ।