
काठमाडौं, ५ बैसाख ।
कुवेत सरकारले विदेशी नागरिकका लागि भिसाको म्याद तीन महिना स्वतः थप्ने भएको छ ।
मार्च १ देखि ३१ मेसम्मका लागि कुवेत सरकारले आवासीय भिसा स्वतः थप गर्न लागेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । कोरोना भाइरस संक्रमणका कारण लकडाउनले मारमा परेका विदेशी नागरिकलाई कुवेत सरकारले यो सुविधा दिन लागेको हो ।
यो नियम कुवेतमा रहेका तथा आवासीय भिसा सकिएका सबैमा र प्रवेश भिसामा कुवेत गएर कुवेतको आवासीय भिसा सकिएकाको हकमा पनि लागू दूताबासले जनाइएको छ ।