चितवनमा दुईजनामा कोरोना संक्रमण

चितवनमा दुईजनामा कोरोना संक्रमण

चितवन , ५ बैशाख

चितवनमा दुईजनामा कोरोनाको संक्रमण भएको छ । राप्ती नगरपालिका निवासी दुईजनामा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
भरतपुर कोभिड १९ परिक्षण प्रयोगशालामा उनीहरुको स्वाब परिक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि थप परिक्षण र पुष्टिको लागि काठमाडौं पठाइएको थियो ।
उनीहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।  उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ ।