राजधानीबाट घर फर्किने जनतालाई गाउँ पुर्याउने व्यवस्था गर्न सरकारलाई देउवाको आग्रह

राजधानीबाट घर फर्किने जनतालाई  गाउँ पुर्याउने व्यवस्था गर्न सरकारलाई देउवाको आग्रह

काठमाडौँ,५ वैशाख ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सयौं किलोमीटर पैदल हिंडेर घर जाने जनतालाई गाँस बाँसको व्यवस्था गरेर सुरक्षित ढंगले घरसम्म पुर्याउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सभापति देउवाले सरकारमा बसेकाहरु ति निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएको आरोप लगाउदै जनताहरुलाई तत्काल गाँस बाँसको प्रवन्ध गरी सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

सामाजिक संजालमा सभापति देउवाले भनेका छन् – ‘ काठमाडौंमा श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने व्यवस्था नुहदा सयौं किलोमीटर पैदल हिंडेर घर गइरहेका छन् । सरकारको भरथेग सबैभन्दा बढि तिनै निमुखा जनतामाथि हुनुपर्ने हो । तर सरकारमा बसेकाहरु ति निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएका छन । राजधानीबाट घर जाने ति जनताहरुलाई तत्काल गाँस बाँसको प्रवन्ध गरी सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन म सरकारसँग आग्रह गर्दछु ।’