
वैशाख,५ वैशाख
पछिल्लो २४ घण्टामा स्वाव परीक्षण विधि र र्यापिड डाइग्नोष्टिक विधिबाट ४ हजार ८ सय २२ वटा नमुना परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले द्रूत (आरडीटी) र पीसीआर दुवै परीक्षणको संख्या बढेर २४ हजार २५३ पुगेको भएपनि थप नयाँ संक्रमित फेला नपरेको बताएका छन् ।
शुक्रवार नियमित प्रेस ब्रिफिङमा बोल्दै डाक्टर देवकोटाले सोलुखुम्बु र डोल्पाबाहेक सबै जिल्लामा आरडीटी परीक्षण चलिरहेको बताए । हालसम्म पीसीआरमार्फत ७ हजार ६८८ परीक्षण भएको छ ।
डा. देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ४८ सय २२ वटा नमुना परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा थप कोरोना संक्रमित नभेटिएको पनि स्पष्ट पारिएको छ।