चितवनमा २ र उदयपुरमा १२ जनामा कोरोना संक्रमण देखियो, स‌ंक्रमितको संख्या ३० पुग्यो

चितवनमा २  र उदयपुरमा १२ जनामा कोरोना संक्रमण देखियो, स‌ंक्रमितको संख्या ३० पुग्यो

काठमाडौं,५ वैशाख ।

कोरोनाबाट संक्रमितको संख्या शुक्रबार मात्रै १४ जना थपिएका छन्। शुक्रबार उदयपुरमा १२ जना र चितवनका २ जना गरी १४ जना थपिएको स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा। खेम कार्कीले नेपालखबरलाई बताए।

उदयपुरको एक मस्जिदमा भेटिएका १२ मध्ये अधिकांश भारतीय नागरिक रहेको बताइएको छ।

ुयिनिहरु आयातित नै भएको बुझिएको छ,ु कार्कीले बताए।

स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार उदयपुर जिल्लामा ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षीय र चितवन जिल्लामा २७ र ६३ बर्षीयमा थप कोरोना संक्रमण देखिएको हो।

तर उदयपुरको केसले समुदायमा संक्रमित गराउँछ कि भन्ने डर देखाएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरका सबै संक्रमित पुरुष भएको जनाएको छ।

चितवनबाट बिहीबार बेलुका ल्याइएको २ वटा स्वाबको रिपोर्ट पोजिटिभ देखिएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले नेपालखबरलाइ बताए।

ुबेलायतबाट एक महिनाअघि फर्किएका आमा छोरामा कोरोना पोजिटिभ देखिएको हो। यसअघि भरतपुरमैं गरिएको पीसीआर परीक्षणमा पनि पोजिटिभ देखिए पनि थप पुष्टि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो,ु अधिकारीले बताए। दुवै जनालाई भरतपुर अस्पतालको आइसोलेसनमा राखेर उपचार भैरहेको अधिकारीले जनाए। ुदुवैको अवस्था सामान्य छु अधिकारले भने।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वाशुदेव पाण्डेले एकैदिन १४ जनामा संक्रमण पुष्टि भएसँगै जोखिम बढेको र थप सतर्कता अपनाउनु पर्ने देखिएको बताए।