नाओमी ओसाकाले फ्रेन्च ओपन ग्राण्ड्सलाम टेनिस नखेल्ने

नाओमी ओसाकाले फ्रेन्च ओपन ग्राण्ड्सलाम टेनिस नखेल्ने

 काठमाडौं, २ असोज

जापानी टेनिस खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपन ग्राण्ड्सलाम टेनिस नखेल्ने भएकी छिन् ।ओसाकाले सेप्टेम्बर २७ देखि फ्रान्समा सुरु हुने फ्रेन्च ओपन नखेल्ने बताएकी हुन् । ओसाकाले गत साता दोस्रो पटक यूएस ओपनको उपाधि उचालेकी थिइन्। समग्रमा उनको यो तेस्रो ग्राण्डस्लाम उपाधि थियो।

ओसाकाले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा स्टेटमेन्ट सार्वजनिक गर्दै लेखिन ‘‘म फ्रेन्च ओपन खेल्न सक्दिनँ। मेरो ह्यामस्ट्रिङ अझै दुखिराखेको छ। त्यसैले क्ले कोर्टमा हुने फ्रेन्च ओपनका लागि तयारी गर्न सक्दिनँ। मेरो लागि यी दुई प्रतियोगिता धेरै चाँडै आयो।’’

ओसाकाले युएस ओपन फाइनलमा अजरेन्कालाई पराजित गर्दा लेफ्ट ह्यामस्ट्रिङमा टेप लागएर लेकी थिइन् ।उनले सन् २०१९ मा अष्ट्रेलियन ओपन जितेकी थिइन् । ओसाकाले अहिलेसम्म फ्रेन्च ओपनमा तेस्रो चरण पार गर्न सकेकी छैनन् ।